Logo
Logo

भोट खसालेर फर्किंदै गर्दा एक वृद्धको मृत्यु


567
Shares

काठमाडौं । रामेछापको एक मतदान केन्द्रमा मतदान गरेर फर्किंदै गरेका ७१ वर्षीय वृद्धको मृत्यु भएको छ ।

लिखु तामाकोसी गाउँपालिका– ४ मा रहेको मतदान केन्द्रमा मतदान गरेर फर्किंदै गरेका ठगबहादुर सुनुवारको मृत्यु भएको हो ।

गाउँपालिकाका अध्यक्ष केशव महतका अनुसार भोट खसालेर मतदान स्थलबाट बाहिर निस्कने वित्तिकै उनी बेहोस भएका थिए ।

उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटौमै मृत्यु भएको महतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्