Logo
Logo

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा


0
Shares

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभामा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् ।

The current image has no alternative text. The file name is: krishna-yadav.jpg

मुख्यमन्त्री यादवले विश्वासको मत पाउने सम्भावना नभएपछि पदबाट राजीनामा दिएको बताए । सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले समर्थन फिर्ता लिएपछि काँग्रेस नेता यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो । 

नेपाली कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्दै आएका एमालेका चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए । त्यसपछि सरकारमा सहभागी नेपाली कम्युनिस्ट पार्टीका चार मन्त्रीले पनि कात्तिक २० गते राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

१०७ सदस्यीय मधेश प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा कांग्रेसका २२, नेकपा एमालेका २३, जनता समाजवादी पार्टी नेपालका २७, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन् । त्यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन् ।

मुख्यमन्त्री यादवको राजीनामा सँगै अब नयाँ सरकार गठनको बाटो खुलेको छ । अब एमाले, नेकपा र जसपा नेपाल मिलेर नयाँ सरकार बनाउने सहमति गरेका छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000