Logo
Logo

मोरङमा मतदान सम्पन्न


1k
Shares

मोरङ । मोरङमा मतदान सम्पन्न भएको छ । मतदान सम्पन्न भएसँगै मतपेटिका संकलनको काम सुरु भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।


८३९ वटा मतदान केन्द्र र ३०६ वटा मतदानस्थल रहेको मोरङमा साँझ ५ बजेसम्म ६३ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय मोरङका प्रमुख लेवन काश्यप अधिकारीले बताए ।

खसेको मतको प्रतिशतको अन्तिम विवरण आइसकेको छैन । अझै प्रतिशत बढ्नसक्ने उनले बताए । जिल्लामा ७ लाख ३५ हजार ५२५ मतदाता रहेका छन् । ६ जना अन्य मतदाता रहेका निर्वाचन कार्यालयले जनाएको छ ।

६ वटा प्रतिनिधिसभा र १२ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको मोरङमा मतदान सकिँदा सम्म ६५ प्रतिशत मत खस्ने अनुमान गरिएको छ । निर्वाचन आयोगले आइतबार रातिदेखि नै मतगणना गर्न भने पनि मोरङमा भने कति बेलादेखि मतगणना गर्ने भन्ने अन्योल छ ।

प्रतिक्रिया दिनुहोस्