Logo
Logo

एमाले र कांग्रेसका कार्यकर्ता प्रहरीको राइफल खोसेर फरार


5k
Shares

बाजुरा । बाजुराको त्रिवेणीमा नगरपालिका वडा नम्बर–७ मा नेकपा एमाले र कांग्रेसका कार्यकर्ताले प्रहरीको राइफल खोसेर भागेका छन् ।

त्रिवेणी–७ स्थित नाटेश्वरी मतदान केन्द्रमा साँझ पौने ५ बजे एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको थियो । झडपको क्रममा प्रहरीसँग भएको इन्सास राइफल खोसेर केही कार्यकर्ता भागेका हुन् । जिल्ला प्रहरी प्रवक्ता (एसएसपी)दान बहादुर कार्की अनुसार इन्सास राइफल अझै फेला परको छैन ।

झडपका क्रममा प्रहरीको गोली लागेर २६ वर्षीय सन्दीप ऐडीको मृत्यु भएको छ । मृतक वडा नम्बर–९ स्थित रत्नावती माविमा कार्यरत शिक्षक मानबहादुर ऐडी छोरा हुन् ।

आन्दोलनकारीले राइफल खोसेर भागेपछि प्रहरीले गोली चलायो । प्रहरीले बल प्रयोग गर्दा सन्दीप ऐडीको मृत्यु भएको एसएसपी कार्कीले जानकारी दिए । झडपमा परेर प्रहरी सहायक हवल्दार कृष्ण बहादुर कुँवर घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्