Logo
Logo

ललितपुरका तीनै क्षेत्रमा एमालेकाे अग्रता, कसले पाए कति मत ?


7.4k
Shares

ललितपुर । ललितपुरका तीनवटै क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको छ । ललितपुर–१ मा नेकपा एमालेका नवराज सिलवालले सुरुआती अग्रता लिएका छन् ।

नेपाली कांग्रेसका उदय शमशेर राणाले सिलवाललाई पछ्याइरहेका छन् । सिलवालले ६६५ मत पाउँदा कांग्रेसका राणाले ४०१ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरे ९३ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

उता, ललितपुर–२ मा नेकपा एमालेका प्रेमबहादुर महर्जनले १३१७ मत प्राप्त गरेका छन भने लौरो चिन्हले ८९७ र कलमले ७७७ मत प्राप्त गरेका छन् ।त्यस्तै, लतिलपुर–३ मा अमृत खडकाले ५१३ र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा‌‌. तोसिमा कार्कीले ४९८ मत प्राप्त गरेका छन् । यसअघि जितेकी माओवादी केन्द्रकी पम्फा भुषालले २९६ मत मात्रै प्राप्त गरेकी छिन ।

प्रतिक्रिया दिनुहोस्