
काठमाठौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणजना जारी छ । सुरुवाती रुझान हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी लगायत नयाँ पार्टी र स्वतन्त्र उम्मेदवार केही अगाडि देखिन्छन् ।
देशका विभिन्न क्षेत्रमा पूराना राजनीतिक दललाई उछिन्न नयाँ अनुहार अगाडि देखिए पनि प्रमुख पार्टीका अध्यक्षहरु अहिलेसम्म अगाडि देखिन्छन् । केही भने सुरुदेखि नै पछाडि छन् ।
डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रधानमन्त्री तथा कांग्रेस सभाापति शेरबहादुर देउवा हालसम्म २३९ मतसहित अगाडि देखिन्छन् । देउवाका निकटतम प्रतिस्पर्धी मानिएका नेपाली कांग्रेस (वीपी)का उम्मेदवार कर्णबहादुर मल्लले हालसम्म १४१ मत पाएका छन् ।
त्यसैगरी, झापा–५ बाट प्रतिनिधिसभा सदस्याका उम्मेदवार तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि ३२ सय १२ मतसहित अगाडि छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारी १५ सय २३ मतसहित पछिपछि छन् ।
त्यसैगरी, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवकुमार नेपाल ७२९ मतसहित अगाडि छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अजकुमार गुप्ता ५९९ मतसहित पछिपछि छन् ।
त्यस्तै, झापा–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन १६ सय ७३ मतसहित अगाडि देखिएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कृष्ण सिटौला १३ सय ३४ मतसहित पछिपछि छन् ।
गोरखा–२ बाट प्रतिनिधिसभा सदस्याका उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महोत्तरी–३ बाट प्रतिनिधिसभा सदस्याका उम्मेदवार महन्थ ठाकुराको क्षेत्रमा मतगणण सुरु भएको छैन । अन्य अध्यक्षहरु भने पछि देखिन्छन् ।
रौतहट–२ बाट प्रतिनिधिसभा सदस्याका उम्मेदवार उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष सीके राउतसँग झण्डै दोब्बर मतले पछि छन् । सीकेले हालसम्म ३९ सय ७५ मत पाएका छन् भने उपेन्द्रले १७ सय १६ मत पाएका छन् ।
त्यसैगरी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा बाग्लु–१ बाट प्रतिनिधिसभा सदस्याका उम्मेदवार चित्रबहादुर केसी पनि पछि परेका छन् । एमालेका उम्मेदवार सूर्यप्रसाद पाठकले ३८ मत पाउँदा केसीले २२ मत मात्र पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको सुरुवाती रुझान आक्रामक छ । तर, सभापति तथा चितवन–२ बाट प्रतिनिधिसभा सदस्याका उम्मेदवार रवि लामिछाने भने पछि छन् ।
एमालेका उम्मेदवार कृष्णभक्त पोख्रेल ११ सय ४४ मतसहित अगाडि हुँदा रविले भने २६० मत मात्र पाएर पछि छन् ।














