लमजुङ । लमजुङका प्रतिनिधि सभा सदस्य उम्मेदवार नरेन्द्रबहादुर गुरुङको निधन भएको छ । जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका गुरुङको सोमबार दिउँसो निधन भएको आफन्तले बताएको छ ।

मर्स्याङ्दी गाउँपालिका-२ घनपोखरा घर भएका ६८ बर्षीय गुरुङ केही दिनदेखि बिरामी थिए । शुक्रबार वान्ता भएपछि बेंसीशहरस्थित जिल्ला अस्पताल लमजुङ लगिएको थियो । जिल्ला अस्पतालमा उपचार हुन नसक्ने भनेपछि थप उपचारका लागि चितवन लगिएको थियो ।
सोमबार दिउँसो १ बजेतिर उपचारको क्रममा निधन भएको खबर आएको जनता समाजवादी पार्टीका नेता खेमजङ गुरुङले जानकरी दिए । गुरुङको शव सोमबार नै लमजुङ ल्याइँदैछ ।














