
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र गोरखा–२ मा मतगणना सुरु भएको छ ।
गणनाको पहिलो परिणाममा प्रचण्डले ३९१ मत पाएका छन् । भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले प्रचण्डलाई पछ्याएका छन् ।
गोरखा–२ एमालेका उम्मेदवार अब्दुर मियाँलाई मुख्य प्रतिस्पर्धी मानिए पनि प्रचण्डको पछि भने राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी देखिएका छन् । बुर्लाकोटीले ६९ मत पाएका छन् ।














