
झापा । झापा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका एलपी साँवा लिम्बुले अग्रता लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भु ढकाललाई ३७ मतले पछि पार्दै एमालेका लिम्बुले अग्रता लिएका हुन् ।
हालसम्म १२ हजार ४०८ गन्दा लिम्बुले ४ हजार २०७ मत पाएका छन् । रास्वपाका ढकाल ४ हजार १७० मतसहित दोस्रो स्थानमा झरेका छन् ।
त्यस्तै, नेपाली कांग्रेसका देउमान थेबेले २ हजार ४६७ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार खुस्बु ओलीले २२१ मत पाएकी छन् ।














