Logo
Logo

अग्रता दौडमा कांग्रेस, एमाले, माओवादी र रास्वपा पछिपछि


1.6k
Shares

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । हालसम्म प्रतिनिधिसभातर्फ ६ र प्रदेसभातर्फ ६ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले ४ र नेकपा एमालेले २ निर्वाचन क्षेत्रमा जित हात पारेको छ । त्यसैगरी प्रदेशसभातर्फ कांग्रेस ४ र स्वतन्त्र १ क्षेत्रमा विजयी भएका छन् ।

जारी मतगणनाअनुसार प्रतिनिधिसभातर्फ अहिले कांग्रेसले ४७, एमालेले ३८ र नेकपा माओवादी केन्द्रले १३ क्षेत्रमा अग्रता लिएको छ । त्यसैगरी, राष्ट्रि स्वतन्त्र पार्टीले ११, नेकपा एकीकृत समाजवादीले ६ राष्ट्रिय जनमोर्चाले ५, जनता समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले ५ र लोकतान्त्रिक समाजवादी पार्टीले २ क्षेत्रमा अग्रता लिएका छन् ।

प्रदेशसभातर्फ पनि कांग्रेस नै अघि देखिएको छ । कांग्रेसले ५१, एमालेले ५५, माओवादीले २७, एकीकृत समाजवादीले ११ राप्रपाले ८ लोसपाले ४, जनमत पार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले १ र स्वतन्त्र उम्मेदवारहरुले १४ निर्वाचन क्षेत्रमा अग्रता लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्