Logo
Logo

जुम्लामा ज्ञानेन्द्र शाहीको फराकिलो अग्रता


567
Shares

जुम्ला । जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले फराकिलो मतान्तरले अग्रता कायम राखेका छन् । प्रतिनिधिसभा तर्फ १० हजार ६५ मत गणना हुँदा शाहीले ५ हजार ५६९ मत पाएका छन् ।

उनका प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार माओवादीकी गोमा कुँवरले २ हजार ३६० मत प्राप्त गरेकी छन् । शाही र कुँवरबीचको मतान्तर ३ हजार २०९ छ ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका रतननाथ योगी १ हजार २९५ मतमा सीमित हुँदा नेमकिपाका डिल्ली प्रसाद काफ्लेले २२२ पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्