Logo
Logo

एमालेका महासचिव शंकर पोखरेल हार नजिक


27.3k
Shares

काठमाडौं । दाङ–२ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा भार मतसहित अग्रस्थानमा छन् । सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका रेखाले अहिलेसम्म ८ हजार ६३० मत पाएकी छन् ।

उनका प्रतिस्पर्धी एमालेका महासचिवसमेत रहेका शंकर पोखरेलले ६ हजार ८१० मत पाएका छन् । रेखा र शंकरबीच १८२० मत अन्तर रहेको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले तीन हजार १२२ मत पाएका छन् । अन्य दलले पाएको मतसहित यहाँ करिब १५ हजार मत गनिसकिएको छ । यसका आधारले दाङ–२ मा माओवादीकी रेखाको जित निश्चित जस्तै देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्