रौतहट । रौतहट निर्वाचन क्षेत्र १ मा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले अग्रता लिएका छन् ।

पछिल्लो मतगणना अनुसार नेपालले ९ हजार ७३२ मत पाएका छन् भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अजयकुमार गुप्ताले ८ हजार ८६४ मत पाएका छन् ।
त्यस्तै, जनमत पार्टीका राजेन्द्रप्रसाद साह २८२ मत पाएका छन् भने नेपाल सुशासन पार्टी(एकल चुनाव चिन्ह)ले रंजितकुमार पटेल १२० मत पाएका छन् ।














