Logo
Logo

उदयपुर-२ मा एमालेका अम्बरबहादुर विजयी


4.9k
Shares

उदयपुर । उदयपुर-२ मा नेकपा एमालेका अम्बरबहादुर रायमाझी विजयी भएका छन् ।

नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गर्दै रायमाझी विजयी भएका हुन् । रायामाझीले नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडालाई २ हजार ३५८ मतान्तरले पराजित गरेका छन् ।

रायामाझीले १५ हजार २५१ मत ल्याउँदा सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका खतिवडाले १२ हजार ८९३ मत ल्याएका छन् । कांग्रेसका बागी उम्मेदवार राम कुमार राईले १० हजार ३७९ मत ल्याएका छन् ।

मंगोल नेशनल अर्गनाइजेनका भाष्कर राईले १ हजार ४३० र राष्ट्रिय स्वतन्त्र पार्टीका अनिल कुमार श्रेष्ठले ९१० मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्