काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । अध्यक्ष नेपालले एमालेका अजय गुप्तालाई ६ हजार ६०० मतान्तरले पराजित गरेका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले ३३ हजार ५२२ मत प्राप्त गरेका छन् भने एमालेका अजयले २६ हजार ९२२ मत प्राप्त गरेका छन् ।















