Logo
Logo

डडेल्धुरा-१ : प्रदेशसभा १ मा माओवादी केन्द्रका खगराज भट्ट निर्वाचित


567
Shares

काठमाडौं । डडेल्धुरा–१ को प्रदेशसभा (१)बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार खगराज भट्ट निर्वाचित भएका छन् । भट्टले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पठानसिंह बोहरालाई २ हजार ९१७ मतान्तर पराजित गरेका छन् ।

भट्टले १२ हजार ११२ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका बोहराले ९ हजार १९५ मत ल्याए । भट्ट नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज एवं स्थायी समिति सदस्य हुन् । सुरुमा उनी प्रतिनिधिसभा सदस्यका आकांक्षी थिए । तर, गठबन्धनमा भागबण्डाका क्रममा प्रदेशसभा सदस्यमा उम्मेदवार दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्