Logo
Logo

विशाल भट्टराईलाई पराजित गर्दै माओवादीका रामकुमार राई निर्वाचित


33.3k
Shares

खोटाङ । एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा माओवादी केन्द्रका रामकुमार राई निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका राईले ३१ हजार ३५१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विशाल भट्टराईले २८ हजार ६८२ मत पाएका छन् ।

राईले भट्टराईलाई २ हजार ६६९ मतान्तरले पाराजित गरेका हुन् । त्यस्तै जनता समाजवादी पार्टीका कृष्णकुमार राईले एक हजार ८२८ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सर्ज श्रेष्ठले एक हजार २१५ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्