Logo
Logo

सिरहा-१ बाट पदमलाई पराजित गर्दै राम शंकर निर्वाचित


8.6k
Shares

सिरहा । सिरहा-१ बाट नेकपा एमालेका उम्‍मेदवार राम शंकर यादव निर्वाचित भएका छन् । यादवले कांग्रेसका पदम नारायण चौधरीलाई २ हजार ८३ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।

यादवले २९ हजार ४६२ मत ल्याउँदा चौधरीले २७ हजार ३७९ मत ल्‍याएका छन् । जनमत पार्टीका उम्‍मेदवार युगल किश साहले ६ हजार ८४९ मत, स्वतन्त्र उम्मेदवार सरिता गिरीले ५०२ मत पाए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका दिनेश कुमार महतोले ३७९ मत पाए ।

प्रतिक्रिया दिनुहोस्