काठमाडौं । धादिङ-२ बाट नेपाली कांग्रेसका रामनाथ अधिकारी निर्वाचित भएका छन् । अधिकारीले नेकपा एमालेका खेमप्रसाद लोहनीलाई पराजित गरेका हुन् ।

अधिकारीले ३४ हजार ७८३ मत पाएका छन् भने एमालेका लोहनीले २३ हजार ९५० मत पाए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी बसुमाया तामाङले ५ हजार ५२५ मत पाइन् ।














