काठमाडौं । रौतहट निर्वाचन क्षेत्र ४ बाट नेपाली कांग्रेसका देवप्रसाद तिमल्सेना निर्वाचित भएका छन् ।

तिमल्सेनाले नेकपा एमालेका उद्धवप्रसाद रेग्मीलाई १० हजार ५५५ मतान्तरले पराजित गरे । तिमल्सेनाले ३४ हजार १०५ मत पाएका छन् भने रेग्मीले २६ हजार ५५० मत पाएका छन् ।
२०७४ सालको निर्वाचनम पनि यस क्षेत्रबाट तिमल्सेना नै निर्वाचित भएका थिए ।














