Logo
Logo

एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे पराजित


21.2k
Shares

चितवन । चितवन निर्वाचन क्षेत्र १ बाट नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे पराजित भएका छन् । उपाध्यक्ष पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजित भएका हुन् ।

पाण्डे ढकालसँग ७ हजार ५८१ मतान्तरले पराजित भएका हुन् । उनले २६ हजार ६०८ मत पाएका छन् भने ढकालले ३४ हजार १८९ मत पाएका छन् । त्यस्तै, काँग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९९० मत प्राप्त गरे ।

पाण्डे ७० सालको संविधान सभा सदस्य निर्वाचन र ७४ सालको प्रतिनिधि सभा सदस्य निर्वनचनमा चितवन १ बाटै विजयी भएका थिए । १४ महिना राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएका पौडेल सो पदबाट राजीनामा दिएर उम्मेदवार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्