
मोरङ । मोरङ निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा नेकपा (माओवादी)का अमनलाल मोदी ३० हजार छ सय १२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विनोद ढकालले २४ हजार चार सय ६३ मत प्राप्त गरेका हुन् ।
त्यसैगरी गत आइबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पछिल्लो मतपरिणामअनुसार मोरङ ४ (२)बाट नेपाली कांग्रेसका भीम पराजुली ११ हजार चार सय ७९ मत प्राप्त गरी विजयी भउका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का जीवन घिमिरे नौ हजार छ सय ९१ मत प्राप्त गरेको निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी दिए ।














