काठमाडौँ । वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरूले आफ्नो दशैँ लक्षित सुनपति अभियानका विजेता रेविका सुनुवारको नाम सार्वजनिक गरेका छन् । जसमा विजेताले बम्पर लक्की ड्रमार्फत १० तोला सुन जितेकी छन् ।

वेस्टर्न युनियनका सुपर एजेन्ट, एटिटी रेमिट, सिजी फिन्को, डिजिटेक, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिका बीच काठमाडौँमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको हो ।
नेपालमा २५ वर्षभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले दशैँ, तिहार र छठलाई लक्षित गरी ‘दस तोला सुनपती, दस हप्तासम्म उपहार कति–कति’ अभियान सुरु गरेको थियो । दस तोला सुनबाहेक भाग्यशाली विजेताले प्रत्येक हप्ता, दस हप्तासम्म लक्की ड्रबाट दश–दश जनाले चाँदीका सिक्का, मिक्सर ग्राइन्डर र इन्डक्सन चुलो पनि जितेका छन् । अभियानमा अहिलेसम्म तीन सय विजेताले उल्लेखित पुरस्कार प्राप्त गरेका छन् ।
वेस्टर्न युनियनले सन् १९९६ देखि विश्वका २०० देशहरुबाट पैसा पठाउन र नेपालमा प्राप्त गर्ने सेवा दिँदै आएको छ ।












