काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चिम प्रदेशको धनगढीमा अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको धनगढी, टीकापुर र अत्तरिया कार्यालयमा आबद्ध करिब ३०० अभिकर्ताको सहभागिता रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयमा आबद्ध भई बीमा व्यवसाय गर्दै आएका अभिकर्तालाई अझ बढी सक्षम र व्यावसायिक बनाउँदै लैजाने नीतिअनुरुप कम्पनीले यस प्रकारको कार्यक्रम सम्पन्न गर्दै आइरहेकामा सोही क्रममा धनगढीमा पनि उक्त कार्यक्रम आयोजना गरिएको बताए ।
कम्पनीका मार्केटिङ विभाग प्रमुख विवेक शर्माले सहभागी अभिकर्तालाई बीमा बिक्रय कला सम्बन्धी प्रशिक्षण दिएका थिए । यसैगरी कार्यक्रममा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले खादा, माला र सम्मानपत्रबाट सम्मान गरेका थिए।
कार्यक्रममा सम्मानित अभिकर्ताले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नै कर्मथलोमा सम्मानित हुन पाउँदा अत्यन्त खुसी लागेको बताए । कम्पनीको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख उमाकान्त जोशीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमम एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणाले धन्यवाद ज्ञापन गरेका थिए ।












