Logo
Logo

मर्जरलाई अन्तिम स्वीकृति दिन एनसिसी बैंकको विशेष साधारणसभा


630
Shares

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकले मर्जर प्रस्ताव पारित गर्न विशेष साधारणसभा बोलाएको छ । बैंकको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले मंसिर २५ गते अनमोल ब्याङक्वेट शंखमुल काठमाडौंमा दिउँसो १ बजे विशेष साधारणसभा बोलाएको हो ।

बैंककोसभाले कुमारी बैंकसँगको मर्जर गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, दुई बैंकबीच मर्जरका लागि तय भएको १ः१ सेयर अनुपातलाई पारित गर्नेछ । साथै मर्जर प्रक्रिया पूरा गर्न आगामी दिनमा आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

बैंकले साधारणसभा प्रयोजनार्थ मंसिर १५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्