Logo
Logo

रूपन्देही-२ मा रोकिएको मतगणना पुन: सुरू गर्न आयोगको निर्देशन


8.9k
Shares

रूपन्देही । रूपन्देही-२ मा रोकिएको मतगणना पुन: सुरू गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले मतदानपछि उठाएको मुचुल्कामा उल्लेख गरिएको संख्या र मतपेटिकामा रहेको संख्या मेल खाए पनि निर्वाचन कार्यालयले कम्प्युटरमा प्रविष्ट गरेको मत संख्या फरक परेको भन्दै मतगणना रोक्न र पुनः मतदान गर्न माग गरेको थियो ।

सोही विषयलाई लिएर शुक्रबार बिहान साढे ५ बजेदेखि मतगणना रोकिएकोमा निर्वाचन आयोगले मतपेटिकामा भएको मतलाई आधिकारिक मत मानेर गणना पुन: सुरू गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको हो । आयोगको निर्देशनपछि निर्वाचन कार्यालयले मतगणनाको तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्