काठमाडौं । माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले पदबाट राजीनामा दिएका छन् । आज एक प्रेस विज्ञप्ति जारी गर्दै बरालले आफ्नो पदबाट राजीनामा दिएको जानकारी दिएका हुन् ।

प्रदेशमा गठबन्धनको तर्फबाट विविध कमजोरीका बाबजुद सामान्यतः सफलता प्राप्त गरेपनि आफूसहित अधिकांश स्थानमा पराजित भएको भन्दै बरालले नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् ।
उनले प्रदेशसभा समानुपातिकतर्फको उम्मेदवार सूची तयार गर्दा स्थानीय पार्टी कमिटीको भावना र मर्मलाई न्याय गर्न नसकिएको, कतिपय स्थानमा स्थानीय पार्टीको सिफारिस बमोजिम उम्मेदवारलाई टिकट वितरणमा न्याय गर्न नसकिएका कारण हार ब्यहोर्नुपरेको बताएका छन् ।














