काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको गणना सुरु नभएका बाहेक अब धेरै ठाउँको गणना बाँकी छैन ।
प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुग्दा समानुपातिकतर्फको गगणना पनि तीव्र गतिमा भइरहेको छ ।
समानुपातिक तर्फको जारी गणनामा नेकपा माओवादी केन्द्र अहिलेसम्म तेस्रो स्थानमा छ । माओवादीले अहिलेसम्म ८ लाख ७२ हजार ७७५ मत पाइको छ ।
माओवादीले समानुपातिकतर्फ प्रतिनिधिसभातर्फ प्रदेश १ मा ४० हजार ३०८ मत पाएको । यहाँ माओवादी तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै, मधेस प्रदेशमा माओवादीले ९० हजार ३१३ मत मात्र पाएको छ । यहाँ पनि माओवादी तेस्रो स्थानमा रहेको छ ।
त्यसैगरी, माओवादीले बाग्मती प्रदेशमा १ लाख ७७ हजार १९० मत पाएको छ । यहाँ पनि माओवादी चौथौं स्थानमा छ ।
माओवादीले हालसम्म गण्डकी प्रदेशमा १ लाख ३ हजार ६५३ मत पाएको छ भने लुम्बिनीमा १ लाख ६४ हजार ७७० मत पाएको छ । यी दुबै प्रदेशमा माओवादी तेस्रो स्थानामा रहेको छ ।
त्यसैगरी, माओवादीले कर्णाली प्रदेशमा १ लाख १७ हजार १२९ मत पाएको छ । यहाँ पनि माओवादीले दोस्रो स्थानमा रहेको छ ।
त्यसैगरी, सुदूरपश्चिम प्रदेशमा माओवादी ९३ हजार ४७३ मत पाएको छ । यहाँ पनि माओवादी तेस्रो स्थानमा रहेको छ ।














