
काठमाडौं । मोरङको क्षेत्र नं १ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू विजयी भएका छन् । नेकपा एमालेका घनश्याम खतिवडालाई पराजित गर्दै लिम्बू विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
विजयी लिम्वूले २५ हजार सात सय ९४ मत ल्याउदा खतिवडाले २५ हजार चार सय ६९ मत प्राप्त गरे । विसं २०७४ को निर्वाचनमा खतिवडाले लिम्बूलाई पराजित गरेका थिए भने २०७० मा लिम्बूले खतिवडालाई पराजित गरेका थिए ।












