
काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ इलाम क्षेत्र नम्बर–१ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले फराकिलो अग्रता बढाएका छन् ।
उनी नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ दुई हजार १९९ मतले अगाडी छन् । ५ हजार ९३५ मत गन्न बाँकी हुँदा बस्नेतले २३ हजार ९५ मत पाएका छन् भने खनालले २० हजार ८९६ मत प्राप्त गरेका छन् ।
मतान्तरमा निरन्तर पछाडि परेपछि खनालले हिजो इलाममा पत्रकार सम्मेलन गरी गडबड भएको आरोप लगाउँदै परिणाम अस्वीकार गर्ने घोषणा गरेका थिए ।














