Logo
Logo

उदयपुर-१ को मतगणना रोकियो



उदयपुर । उदयपुर–१ को मतगणना रोकिएको छ । मतगणनाको क्रममा १० वटा मतपेटिकामा उदयपुर १ (२) प्रदेशसभाको १०० मतपत्र भेटिएकाले गणना रोकिएको हो ।

मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीका अनुसार अुनसार ६३ हजार ८० मत गणना भैइसकेको छ । पछिल्लो १० वटा मतपेटिका खोल्दा प्रदेशसभाको मतपेटिका भेटिएपछि दलहरुको मागअनुसार गणना रोकिएको हो । अहिले ४ बजे सर्वदलीय बैठकपछि मतगणना सुरू हुने उनको भनाइ छ ।

उदयपुर–१ मा ६३ हजार ८० मत गणना हुँदा काग्रेसका नारायण खडकाले १ हजा ८२५ मतसहित अग्रता लिएका छ्न् भने एमालेकी मन्जुकुमारी चौधरीले २५ हजार ६५९ पाएकी छन् । यहाँ कुल ७६ हजार ७५६ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्