Logo
Logo

दोलखामा फेरि मतदान गर्न मिति तोक्दै निर्वाचन आयोग


6.7k
Shares

काठमाडौं । निर्वाचन आयोगले आइतबार साँझ बैठक बसेर दोलखाका विवादित मतदान केन्द्रमा पुनः मतदान गर्ने मिति तोक्ने भएको छ ।

आयोगले दोलखामा पठाएको छानविन टोलीको प्रतिवेदन आयोगमा आइपुगेकोले त्यसको अध्ययन गरेर पुनः मतदान गराउनुपर्ने अवस्था रहेमा त्यसबारे निर्णय गरिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले रातोपाटीलाई जानकारी दिए ।

निर्वाचनका दिन दोलखाका केही मतदान केन्द्र विवादित बनेको थियो । बुथ कब्जा भएको भन्दै नेकपा एमालेले आयोगमा उजुरी गरेपछि आयोगले पठाएको जाँचबुझ टोलीले ६ वटा केन्द्रमा पुनः मतदान गर्न सिफारिस गरेको आयोग स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्