
काठमाडौं । आफू प्रधानमन्त्रीको दाबेदार घोषणा गरेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आइतबार अचानक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटकेका छन् ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको परिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको बेला नेता सिंह अचानक ओलीलाई भेट बालकोट पुगेका हुन् । अचानक भएको ओली–सिंह भेटलाई चासोका रुपमा हेरिएको छ ।
भेटमा आध्यक्ष ओली र नेता सिंहबीच एकअर्कालाई बधाई ज्ञापन त गरे नै समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको बताइएको छ ।
आफू प्रधानमन्त्रीको दाबेदार रहेको घोषणा गरेका नेता सिंह संसदीय दलको नेता बन्ने तयारीमा जुटेका छन् । नेता सिंह संसदीय दलको नेता बन्ने या नबन्ने विषय फरक पार्टीका अध्यक्षसँग सम्बन्धित नभए पनि अचानक भएको भेटलाई भने चासोको रुपमा हेरिएको हो ।














