
धनुषा । धनुषा निर्वाचन क्षेत्र नम्वर ४ मा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार रघुविर महासेठ पछि परेका छन् ।
मतगणनाको सुरुदेखि नै एमाले अग्रता लिएका रघुवीर महासेठले नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवसँग ६८६ मतले पछि परेका हुन् ।
मतगणनाको पछिल्ला विवरण अनुसार यादवले २७ हजार दुई सय छ मतप्राप्त गरेका छन् भने महासेठले २६ हजार पाँच सय २० मत प्राप्त गरेको मतदान अधिकृत सुदीप दङ्गालले जानकारी दिए ।














