Logo
Logo

सुकुम्बासी र प्रहरीबीच झडप, प्रहरी प्रमुखसहित १४ जना घाइते



काठमाडौं । थापाथलीस्थित वाग्मती नदी किनारमा सुकुम्बासी बस्तीका स्थानीय र महानगर प्रहरीबीच झडप परेको छ ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र महानगरको टोली बस्तीमा एक्स्काभेटर लिएर घर टहरा भत्काउन पुगेपछि स्थानीय र महानगर प्रहरीबीच झडप हुँदा महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेसहित १४ जना घाइते भएका छन् ।

स्थानीयले ढुंगामुढा प्रहार गर्दा नगर उपरीक्षक पाण्डेसहित १४ जना प्रहरी घाइते भएको काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए । घाइतेहरूको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्