Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

नयाँ सरकार बनाउने कसरतदेखि विश्वकपको रौनकसम्म


1.1k
Shares

१. मंसिर ४ मा सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भइनसक्दै पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरु नयाँ सरकार बनाउने प्रयासमा, निर्वाचनको नतिजा सार्वजनिक अन्तिम चरणमा पुगेसँगै गठबन्धनका शीर्ष नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नयाँ सरकार निमार्णका लागि छलफलमा ।


२. थापाथलीस्थित बागमती नदी किनारमा सुकुम्बासी बस्तीका स्थानीय र महानगर प्रहरीबीच झडप, झडपमा परी महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेसहित १४ जना घाइते, नगर प्रहरीमाथि आक्रमण गर्ने विरुद्ध प्रहरीमा महानगरको उजुरी, स्थानीयहरुद्वारा काठमाडौं महानगरपालिकाका मेयर बालेनको राजीनामा माग ।


३. प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई मतपरिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्वाचन आयोगको निर्देशन, विवरण पेस गर्दा तोकिएको हद बमोजिमको रकम मतदाता नामावली खरिद, सवारीसाधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यम, कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषय शीर्षक उल्लेख गर्नुपर्ने ।


४. राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार, पोखरा विमानस्थल सञ्चालनयोग्य भएसँगै मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थलको संख्या तीन पुग्यो, विमानस्थलमा एकसाता लामो यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सफलतापूर्वक सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय उडानका लागि तयार भएको क्यानको भनाइ ।


५. उदयपुर–१ को मतगणना गर्न निर्वाचन आयोगको निर्देशन, उदयपुरका मुख्य निर्वाच अधिकृतको कार्यालयलाई मतगणनापूर्व भएको सहमतीको आधारमा मतगणना गर्न निर्देशन, प्रतिनिधिसभाको मतगणनाको क्रममा एक सयभन्दा बढी मतपत्र प्रदेशसभाको फेला परेपछि सुरु भएको विवादका कारण मतगणना स्थगित ।


६. सीताराम विवाह पञ्चमी महोत्सवअन्तर्गत आज जनकपुरधाममा स्वयंवर कार्यक्रम सम्पन्न, आज रङ्गभूमि मैदान (बाह्रविघा) मा विवाह उत्सवमा सहभागी हुन नेपाल र भारतका विभिन्न स्थानबाट श्रद्धालुहरु जनकपुरधाममा, राममन्दिर र जानकी मन्दिरबाट डोला निकाली रङ्गभूमि मैदान बाह्रविघामा गएर स्वयंवर कार्यक्रम ।


७. मेलम्ची खानेपानी परियोजनाद्वारा पुन सुरुङमा पानी भर्न सुरु, २०७७ सालको असार १ गते आएको मेलम्ची बाढीले क्षेतीग्रस्त बनाएको उक्त आयोजना पुन मर्मत गरी अस्थायी रूपमा पुनः काठमाडौंमा वितरण गर्ने तयारी, खानेपानी विकास समितिले २६ किमि सुरुङ भर्न सिन्धुपाल्चोकको हेडवर्क्सबाट सुरुङमा पानी भर्न थाले ।


८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकाले ओरालो लाग्यो, नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १५ दशमलब ६१ अंकले ओरालो लागेर एक हजार नौ सय ५० दशमलब ३७ मा ओर्लियो, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स तीन दशमलब ६५ अंकले ओरालो लागेर तीन सय ८२ दशमलब ६१ मा सीमित ।


९. कतारमा जारी फिफा विश्वकप–२०२२ अन्तर्गत समूह ‘जी’ को खेलमा क्यामरुन र सर्बियाले ३–३ गोलको बराबरी खेल्दै अङ्क बाँडे, सर्बिया र क्यामरुनले बराबरीका साथ १-१ अङ्क बाँड्दै खाता खोल, दक्षिण कोरियामाथि घानाको रोमान्चक जित,
एजुकेसन सिटी रंगशालामा घानाद्वारा कोरिया ३-२ गोल अन्तरले पराजित ।


१०. युक्रेन तनावपछि कजाकस्तानका नेता कासिम–जोमार्ट तोकायेभले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता, गत साता दोस्रो कार्यकालका लागि सेवा सुरू भएयता कजाकस्तानका नेताको पहिलो विदेश भ्रमण, मस्को र अस्तानाबीचको सम्बन्ध विषेश रहेको पुटिनको भनाइ ।

प्रतिक्रिया दिनुहोस्