
काठमाडौं । प्रतिनिधिसभामा उदयपुर निर्वाचन क्षेत्र–१ बाट परराष्ट्रमन्त्री नारायण खड्का विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी मन्जुकुमारी चौधरीलाई २ हजार ३८९ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।
खड्काले ३१ हजार २७० मत पाउँदा चौधरीले २८ हजार ८९१ पाइन् । उदयपुर १ बाट खड्का २०६४, ०७० र ०७४ मा निर्वाचित भएका थिए । उनले चौथो पटक संसदीय यात्रा यत गरेका हुन् ।














