Logo
Logo

दोलखामा गङ्गासँग १५४२ मतले पछि परे बालकृष्ण


24.4k
Shares

काठमाडौं । दोलखामा प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कील अग्रता लिएका छन् । हालसम्म ४ हजार ४९४ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार कार्कीले २ हजार ९१० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले एक हजार १८३ मत प्राप्त गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार दोलखाको प्रदेशसभा (१) मा ३ हजार ९६६ मतगणना गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले दुई हजार एक सय ८३ मत तथा एमालेका नरबहादुर श्रेष्ठले एक हजार तीन २७ मत ल्याएका छन् ।

प्रदेशसभा (२) मा ४ हजार ४५३ मतगणना हुँदा एमालेका भरत केसीले दुई हजार एक सय ८५ र कांग्रेसका बर्मा लामाले एक हजार आठ सय ५७ मत प्राप्त गरेका छन् । दोलखाको १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान भएको थियो । बाँकी स्थानमा यही मङ्सिर ४ गते मतदान भएको थियो ।

दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्