Logo
Logo

भृकुटीमण्डपमा ईभी नेपाल एक्स्पो सुरु



काठमाडौं । भृकुटीमण्डपमा ईभी नेपाल एक्स्पो सुरू भएको छ । एक्स्पोको शुक्रबार नेपाल विद्दुत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले उद्घाटन गरेका छन् ।

नेपालमा विद्युतीय सवारीको आकर्षण बढिरहेका बेला यसैलाई लक्षित गर्दै प्रदर्शनीहरु हुन थालेका छन् । एक्स्पोमा विद्युतीय कार, विद्युतीय स्कुटर र मोटरसाइकल तथा साइकल, विद्युतीय बस, विद्युतीय ट्रयाक्टर, विद्युतीय कार्गो लोडर, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेसन, ब्याट्री तथा अन्य विद्युतीय सामाग्रीहरू राखिएको छ ।

विद्युतीय गाडी र सम्बन्धित उत्पादनहरूको नेपालमा भएको यो सबैभन्दा ठुलो प्रदर्शनी हुने दाबी गरिएको छ । एक्स्पो साता दिनसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्