Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

माओवादी र एकीकृत समाजवादी एकता नहुनेदेखि धनगढी तनावग्रस्तसम्म



१. प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड तीन लाख ८२ हजार ८५ मतगणना सम्पन्न, २७ लाख ७३ हजार मतसहित एमाले पहिलो, कांग्रेस २६ लाख ४४ हजार मतसहित दोस्रो स्थानमा, माओवादी केन्द्रलाई ११ लाख ६० हजार मत, राष्ट्रिय स्वतन्त्र पाटीलाई ११ लाख ६१ हजार दुई सय ५६, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २१ मत, नेकपा एकीकृत समाजवादीलाई २ लाख ९४ हजार मत ।


२. तत्काल नेकपा (माओवादी केन्द्र) सँग एकताको निर्णय नभएको नेकपा (एकीकृत समाजवादी) को भनाइ, माओवादी केन्द्रसँग एकताका लागि कुनै पनि छलफल नभएको पार्टी महासचिव डा बेदुराम भुसालद्वारा स्पष्ट, पार्टी एकताबारे विभिन्न सञ्चारमाध्यममा आएका समाचार निराधार भएको भनाइ, पार्टी एकताबारे भ्रम फैल्याउन खोजिएको भन्दै आपत्ति ।


३. निर्वाचनबाट प्राप्त अभिमतलाई ध्यान दिँदै सरकार गठनलगायत सबै राजनीतिक दलसँग वार्ता र संवादका आधारमा अघि बढ्ने नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको भनाइ, जनादेशअनुरुप टुङ्गोमा पुग्न विगतका सबै गल्ती कमजोरीलाई बिर्सेर सबै राजनीतिक दलसँग संवाद र छलफल सुरु गरेको जानकारी, राजनीति भनेको सम्भावनाको खेल भएकाले निर्वाचनपछि सरकार गठनका विषयमा विभिन्न कोणबाट विषय उठिरहेको उल्लेख ।


४. प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भनाइ, यो निर्वाचन पद, पैसा, पहुँच र पाखुराको भरमा नभई नीति, सिद्धान्त, विचार, निष्ठा र प्रतिबद्धताले जित्नुपर्छ भन्ने स्थापित गरेको दाबी, मिथ्या सूचना, दुष्प्रचार र द्ववेशपूर्ण अभिव्यक्तिको माध्यमबाट निर्वाचनलाई अप्ठ्यारो पार्ने कार्यलाई नियमन गर्न सफल भइरहेको जिकीर ।


५. चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएका कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालको निर्देशन, सरकारको लक्ष्य र जनअपेक्षालाई सम्बोधन गर्ने गरी लक्षित कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड, जे गर्छु भनेको हो त्यो समयमै सक्न र गर्छु भनेकोबाहेक अन्य काम गरेको भए मन्त्रालयलाई जानकारी गराउन निर्देशन ।


६. देशभरका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन र प्रमाणीकरणको काम भइरहेको राष्ट्रिय भूमि आयोगको भनाइ, भूमिहीनको लगत सङ्कलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच र लालपुर्जा वितरणको काम निर्वाचन आचारसंहिताका कारण केही समय रोकिएको भए पनि अब पुनः अगाडि बढ्ने, लालपुर्जा वितरणसम्बन्धी काम सम्पन्न नभएसम्मका लागि काठमाडौँ महानगरपालिकासहित सम्पूर्ण स्थानीय तह र सबै सरकारी तथा गैरसरकारी निकायलाई कुनै पनि स्थानबाट सुकुम्बासी हटाउने र उनीहरुलाई असुरक्षित हुने गरी कुनै कार्य नगर्न निर्देशन ।


७. ग्रेडरले कुल्चिएर बिहीबार पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउदको मृत्यु भएको घटना लिएर धनगढी तनावग्रस्त, स्थिति नियन्त्रणमा लिन डेढ दर्जन सेल अश्रुग्याँस प्रहार, विद्यार्थी र स्थानीय गरी ११ जना पक्राउ, स्थानीय प्रशासनले बिहीबार साँझदेखि धनगढीमा जारी गरेको निषेधाज्ञा शनिबार बिहान ४ बजेदेखि हटाइने ।


८. मुद्रास्फीति तोकिएको सीमाभन्दा धेरै माथि पुग्ने, नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा सहभागीले मुद्रास्फीति तोकिएको सीमाभन्दा बढी पुग्ने देखायो, चालु आर्थिक वर्षमा उपभोक्ता मुद्रास्फीति सात प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिइएको भए पनि पहिलो त्रैमासमा आठ दशमलब पाँच प्रतिशतको हाराहारीमा, केन्द्रीय बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार आगामी मुद्रास्फीति १२ प्रतिशत पुग्ने प्रक्षेपण ।


९.आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नामिबिया र नेपालबीचको खेल वर्षाको कारण रद्ध, नेपालले प्रस्तुत गरेको १ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले ४ बलमा ४ रन बनाउँदा वर्षाको कारण खेल रोकियो, खेल रद्ध भएपछि नेपाल र नामिबिया दुबैले एक एक अंक बाडे ।


१०. क्रेमलिनले अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन वार्ताका लागि राखेका शर्तहरू अस्वीकार, पुटिनले युक्रेन छोडेपछि मात्र वार्ता सम्भव भएको बाइडेनको भनाइ, वाशिङ्गटनको भ्रमण पछि पुटिनसँग फेरि कुरा गर्ने म्याक्रोनको भनाइ, रुस विरुद्धको लडाईमा युक्रेनलाई दीर्घकालीन सहयोग गर्ने बाइडेन र म्याक्रोनको वाचा ।

प्रतिक्रिया दिनुहोस्