
काठमाडौं । हाल मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन । आज प्रदेश १, मधेश र सुदूरपश्चिममा आंशिक बदली रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहने छ ।
तराई भू-भागमा हुस्सुरकुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाको अनुरोध छ ।
आइतबार प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ । राति प्रदेश १ र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ ।














