Logo
Logo

बाजुराको प्रदेशसभा ‘ख’ मा कांग्रेसका शाही निर्वाचित



काठमाडौं । बाजुराको प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेसका पदमबहादुर शाही निर्वाचित भएका छन् । प्रदेशसभा २ बाट शाही २० हजार ११९ मतसहित निर्वाचित भए ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापाले १७ हजार ५२१ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जनक बहादुर रावलले १५५ र राप्रपाका उम्मेदवार हिमाल बहादुर शाहीले १२२ मत पाए । त्यहाँ ८३४ मत बदर भएको छ ।

प्रदेश सभा १ मा भने नेकपा एकीकृत समाजवादीका नरेशबहादुर शाही शनिबार नै विजयी भइसकेका छन् । शाहीले १० हजार ९७३ मत पाएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बलदेव रेग्मीले ८ हजार ६३२ मत पाए ।

प्रतिक्रिया दिनुहोस्