Logo
Logo

बाजुरामा कांग्रेस सहमहामन्त्री पाण्डे निर्वाचित



काठमाडौं । एकमात्र निर्वाचन क्षेत्र रहेको बजुरामा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डले प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार पाण्डेले एमालेका कर्णबहादुर थापालाई ५ हजार ५४१ मतान्तरले पराजित गरेका हुन् । मंसिर ४ गते सम्पन्न आम निर्वाचनको मत विवादका कारण बुधबारबाट सुरुको मतगणनाको आइतबार आएको परिणाम अनुसार पाण्डेले ३१ हजार ७८९ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका स्थानीय कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज थापाले २६ हजार २४८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्