Logo
Logo

सुदूरपश्चिम : एमाले समानुपातिकमा पहिलो, माओवादी तेस्रो (मतपरिणामसहित)


2.2k
Shares

काठमाडौं । सुदुरपश्चिममा नेकपा एमाले समानुपातिक तर्फ पहिलो दल बनेको छ । प्रदेशमा सदर भएको ८ लाख ९६ हजार ३८६ मत मध्ये एमाले सबै भन्दा धेरै मत पाउने पार्टी बनेको छ । उसले २ लाख ७४ हजार ६७५ पाएको छ ।

त्यस्तै नेपाली कांग्रेस २ लाख ६९ हजार ५६४ मतसहित दोस्रो स्थानमा छ । समानुपातिकमा तेस्रो भएको माओवादी केन्द्रले १ लाख २१ हजार ४३१ मत पाएको छ । यता नागरिक उन्मुक्ति पार्टीले ९८ हजार ५५९ मत पायो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र ४४ हजार २३३ र नेकपा एकीकृत समाजवादीले ४३ हजार ८१९ मत ल्याएको छ । प्रदेशमा यी ६ दलले थ्रेस होल्ड कटाएका छन् । अन्य दलले भने थ्रेस होल्ड कटाउन सकेनन् ।

यी हुन् थ्रेस होल्ड कटाउन नसक्ने दल (मतसहित)

नेपाली काँग्रेस (बिपी)
६,९६९
राष्ट्रिय जनमोर्चा
४,४९१
नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी लेनिनवादी)
४,४२२
जनता समाजवादी पार्टी, नेपाल
३,६२२
हाम्रो नेपाली पार्टी
२,९६६
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
२,९२६
जनमत पार्टी
१,९९५
नेपाल लोकतान्त्रिक पार्टी
१,६२९
मौलिक जरोकिलो पार्टी
१,५४०
राष्ट्रिय नागरिक पार्टी
१,४२२
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१,३७०
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
१,२४६
नेपाल मजदुर किसान पार्टी
१,२३३
नेपाली जनता दल
१,०२६
नेपाल आमा पार्टी
९८८
नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी
७२९
मङ्गोल नेशनल अर्गनाइजेशन
६७०
जनसमाजवादी पार्टी, नेपाल
६३७
नेपालका लागि नेपाली पार्टी
६२८
जनजागरण पार्टी नेपाल
५७१
बहुजन शक्ति पार्टी
५१८
सामाजिक एकता पार्टी र नेपाल कम्युनिस्ट पार्टी (समाजवादी)नेपाल दलित पार्टी
४८१
नेश्नलिष्ट पिपल्स पार्टी
४६६
विवेकशील साझा पार्टी
४३२
जनता प्रगतिशील पार्टी, नेपाल
४३०
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
३३२
राष्ट्रिय जनमुक्ति पार्टी
२१६
नेपाल संघीय समाजवादी पार्टी
१५०

प्रतिक्रिया दिनुहोस्