Logo
Logo

प्रदूषण जाँचपास नभएका सवारीलाई एक लाखसम्म जरिवाना


693
Shares

काठमाडौं । सरकारले प्रदूषण जाँचपास विनाका सवारी साधन चलाएमा एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको छ।

वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले आगामी पुस १ गते देखी विभागको परीक्षणमा प्रदूषण जाँचपाँस नभएका सवारी साधनहरुलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको हो।

विभागले हाल काठमाडौं उपत्यकाभित्र सञ्चालित सवारी साधनहरुमा छड्के जाँच गर्दै आएको जनाएको छ। ती मध्ये अधिकांश सवारी साधनले प्रदूषण जाँचपास नगरेको पाइएको थियो । सवारी साधनबाट निस्किने धुँवा परीक्षण गर्दा तोकिएको मापदण्ड भन्दा बढी प्रदूषण गरिरहेको पाइएकालाई एक पटकका लागि मर्मत गरी अवस्था दुरुस्त राख्न भनिएको छ।

अब २०७९ पुस १ गतेपछि भने नगदै जरिवाना गर्ने र सवारीको मर्मत गरी तोकिएको मापदण्डको सीमासम्म मात्र प्रदूषण गर्ने बनाई जाँच पास गराएर मात्र सञ्चानमा ल्याउन दिने विभागद्वाारा जारी गरेको सूचनामा उल्लेख छ।

विभागले आज (बिहिबार) एक सुचना जारी गदै खुल्ला रुपमा फोहोर जलाउने र वातावरणमा असर गर्ने क्रियाकलाप गर्नेलाई पनि कारर्बाही गर्ने बताएको छ । विभागले आफ्नो टोल छिमेकमा कसैले खुल्ला रुपमा फोहोर जलाउने काम गरिरहेको भए पनि जानकारी दिन आग्रह गरेकाो छ । त्यस्तो जानकारी दिनेको परिचय गोप्य राख्ने र खुल्ला रुपमा फोहोर जलाउनेलाई कारबाही गर्ने विभागले चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्