Logo
Logo

राजश्व अनुसन्धानद्वारा असनबाट अवैध सामान बरामद


3k
Shares

काठमाडौं । राजश्व अनुसन्धान विभागले राजधानीको असनबाट भन्सार छली गरी ल्याइएका अवैध सामान बरामत गरेको छ । विभागको टोलीले एक सय तीन पोका अवैध कपडा बरामद गरेको हो ।

भारतबाट तस्करी गरेर नेपाल भित्र्याएको भन्ने सूचनाको आधारमा खटिएको टोलीले शुक्रवार (आज) बिहान ५ बजे पसलमा राख्न ठिक्क पारेका कपडाका पोकाहरू बरामद गरेको हो ।

‘ठुलो गाडीबाट झारेर एक ठाउँमा थुपारिएको अवस्थामा पसलमा राख्न नपाउँदै विभागको टोलीले पक्राउ गरेको हो’ विभागका एक अधिकारीले भने, ‘सामानहरू विभाग ल्याइसकेपछि मात्रै के कति रकमको रहेछ भन्ने विवरण आउला’

अवैध रुपमा कर छली गरी ल्याइएका सामान विभागको टोलीले समातेको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000