Logo
Logo

संवैधानिक इजलासमा बहस- मुख्यसचिवको पत्रले प्रधानमन्त्रीको पद गए के हुन्छ ?


3.4k
Shares

काठमाडौं । प्रधानन्यायाधीश चालेन्द्रशमसेर जवराविरुद्धको महाअभियोग निष्क्रिय पत्रविरुद्धको रिटमाथि सुनुवाइ जारी छ ।

संसद सचिवालयका महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश जबरालाई दिएको निलम्बन फुकुवाको पत्रविरुद्ध परेको रिटमाथि शुक्रबार संवैधानिक इजलासमा सुनुवाई भइरहेको हो ।

सुनुवाईमा भाग लिँदै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले महासचिवको पत्रलाई असंवैधानिक भन्दै मुख्यसचिवकाे पत्रले प्रधानमन्त्रीको पद गए के हुन्छ ? भनी प्रश्न गरेका छन् ।

उनले प्रश्न गर्दै भने, ‘अहिले संसद्को कार्यकालसँगै विधेयकहरू निष्क्रिय हुने परिभाषा महआभियोगका सम्बन्धमा लागु हुँदैन । मुख्यसचिवको पत्रले पिएम को पद गए के हुन्छ ?।’

प्रतिनिधिसभाले महाअभियोग टुंगो लगाउनुपर्नेमा नलगाएको र महाअभियोग सिफारिस समितिले अर्को प्रतिनिधिसभाले टुंगो लगाओस् भनेर सिफारिस गरेको अवस्थामा संसदका महासचिवले निलम्बन फुकुवा गर्न नसक्ने उनको तर्क छ ।

भारतमा एउटा हाउसमा दर्ता भएको तर, नटुङ्गिएको विषय अर्को हाउसमा गएको उदाहरण रहेको पनि उनले स्मरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्