काठमाडौं । मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चूडामणि खरेलको नाम अस्वीकृत भएको छ । संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ ।

समितिबाट १० जनाको नाम भने अनुमोदन गरेको छ । जसमा भारतका निम्ति डा निश्चलनाथ पाण्डे, चीनका लागि डा। कल्याणराज शर्मा, अमेरिकाका निम्ति चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जंगबहादुर राणा, जर्मनीका निम्ति सरू जोशीलाई राजदूतमा अनुमोदन गरेको हो ।
यस्तै, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका निम्ति प्राप्ति शेरचन, ओमानका निम्ति डा। पदमाक्षी राणा, दक्षिण कोरियाका निम्ति प्रा।डा। संगम श्रेष्ठ, श्रीलंकाका लागि डा। मंचलाकुमारी झालाई अनुमोदन गरिएको हो ।













