Logo
Logo

निर्माणाधिन ठूला संरचनाहरुमा भइरहेको ढिलाइप्रति मन्त्री चौधरीको असन्तुष्टि


630
Shares

काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीले निर्माणाधिन सरकारी संरचनाहरुमा ढिलाइ भइरहेको भन्दै असन्तुष्टि जनाएका छन् ।

मन्त्रालय सम्हालेलगत्तै उपत्यकाभित्र निर्माणाधिन ठूला संरचनाहरुको एकसरो अनुगमन गरेका मन्त्री चौधरीले अहिले पुनः ती संंरचनाहरुको अनुगमन सुरु गरेका छन् ।

शनिबार भैंसेपाटीमा संघीय मन्त्री, सभामुख, मूख्यमन्त्री तथा प्रदेश प्रमुखका लागि निर्माणाधिन भवनहरुको निरीक्षण गरेका थिए । त्यसलगत्तै उनलेसम्बन्धित विभाग र ठेकेदार कम्पनीसँग छलफल गरेका छन् । सो क्रममा मन्त्री चौधरीले ‘काममा किन ढिलाइ भइरहेको छ ? भन्दै प्रश्न गरेका थिए । पाँच महिनाअघि आउँदा र अहिले पनि उस्तै अवस्था रहेको भन्दै उनले ठेकेदार कम्पनी तथा कर्मचारीसँग प्रश्न गर्दै भने, ‘काम ढिलाई गर्दा कमिसन बढ्छ ?’

मन्त्रीको प्रश्न सुनेपछि उनीहरुले ‘स्थानीयले दुःख दिँदा काम गर्न नसकिएको जवाफ दिएका थिए । सोक्रममा ‘के उपाय गरेर हुन्छ, काम छिटो सक्नुस्’ भन्दै मन्त्री चौधरीले निर्देशन दिए ।

शनिबार नै मन्त्री चौधरीले राजदरबार परिसरभित्र रहेको गणतन्त्र स्मारकको पनि निरीक्षण गरेका छन् । त्यहाँ पनि उनले सोचेअनुरुप प्रगति नभएको भन्दै असन्तुष्ट जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्