Logo
Logo

पार्टीका विद्रोहीहरु मिलेर नयाँ पार्टी खोल्दै


14.2k
Shares

काठमाडौं । रौतहट-३ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद प्रभु साहले नयाँ दल खोल्ने भएका छन् । पूर्व नेता शाह एमाले त्याग्दै नयाँ पार्टी खोल्ने तयारीमा जुटेका हुन् ।

उनको पार्टीको प्रस्तावित नाम आम जनता पार्टी छ । त्यस्तै, कांग्रेस त्यागेर स्वतन्त्र उम्मेदवारी दिँदै जितेका अमरेशकुमार सिंह पनि नयाँ दल खोल्ने तयारीमा छन् । कांग्रेसका पूर्वनेता सिंहले नयाँ दल गठनबारे छलफल सुरु भएको बताए ।

सिंह पार्टीले टिकट नदिएपछि बागी उठेर सर्लाही-४ बाट निर्वाचन जितेका हुन् । मोरङ-५ बाट विजयी भएका योगेन्द्र मण्डल र रौतहट-२ बाट स्वतन्त्र निर्वाचन जितेका किरण साह पनि नयाँ दल खोल्ने तयारीमा छन् । प्रभु साह, अमरेश सिंह, र योगेन्द्र मण्डलबीच नयाँ दल गठनबारे छलफल सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्